राजनीति

राजपा चुनावमा भाग लिन्छ : उपेन्द्र यादव

राजपा चुनावमा भाग लिन्छ : उपेन्द्र यादव


पाँचथर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालले प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावमा भाग लिने दाबी गरेका छन् ।

पाँचथरको फिदिममा सोमबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले जित्ने–हार्नेभन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हुने बताएका हुन् ।

अध्यक्ष यादवले सरकारले प्रदेश नम्बर २ को चुनाव दोस्रो चरणमै नगराएर गलत गरेको समेत बताए । ७ वटा प्रदेशको प्रादेशिक संरचनाले मुलुकमा शान्ति र स्थिरता कायम हुन नसक्ने भन्दै उनले छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

विशेष