समाज मुख्य समाचार

अंगीकृत नागरिकता लिने बढे

अंगीकृत नागरिकता लिने बढे


सप्तरी । सप्तरीमा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको छ ।

नयाँ संविधान जारी भए यता गतवर्षमा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो । सप्तरीमा गतवर्ष बैशाखदेखि चैत मसान्तसम्म ४०४ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १४१ ले बढी हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांकअनुसार २०७२ सालमा २६३ जनाले अंगीकृत नागरिकता लिएका थिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर कटवालले सप्तरीवाट २०७४ वैशाख १ गतेदेखि हालसम्म मात्रै १०४ जनाले वैवाहिक अंगिकृत नागरिकता लिइसकेको जानकारी दिए ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय सप्तरीमा अहिले नागरिकता बनाउनेहरुको भीड लाग्ने गरेको छ । कार्यालयबाट दैनिक ८० देखि एकसय जनासम्मले नागरिकता लिइरहेका छन् ।

विशेष