राजनीति

मतदाता ८ विजयी ९

मतदाता ८ विजयी ९

भक्तपुर । भक्तपुर जिल्ला समन्वय समितिमा नवराज गेलाल नेतृत्वको एमाले प्यानल विजयी भएको छ ।

प्रमुखमा नवराज गेलाल, उपप्रमुखमा सरिता कुँवर विजयी भइन् । सदस्यमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्याञ्जू, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसंख्यक सदस्यमा गीता बिसुन्खे विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले आठ मतदाताबाट नौजना निर्वाचित भएको बताए । जिल्लामा चारवटा नगरपालिका छन् । हालको व्यवस्थाअनुसार जिल्ला समन्वयन समिति निर्वाचनमा नगरपालिकामा निर्वाचित प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । यस हिसाबले चार नगरपालिकाका प्रमुख र उपप्रमुख गरी आठ जना मतदाता भएका हुन् ।

चार नगरपालिकामध्ये एमालेले दुई नगरपालिकामा प्रमुख र उपप्रमुख, एउटा नगरपालिकामा प्रमुख जितेको थियो । यस्तै नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो ।

उम्मेदवारी दर्ताका लागि समर्थक र प्रस्तावक एक र एकजना चाहिने तर कांग्रेससँग त्यो संख्या नभएकाले उसले उम्मेदवार उठाउन पाएन । यसकारण एमाले र नेपाल मजदुर किसान पार्टीबीच मात्रै प्रतिस्पर्धा भयो ।

विशेष