विचित्र विश्व

चोरी गर्ने नयाँ तरिका, कार चोर्न गघाको प्रयोग

चोरी गर्ने नयाँ तरिका, कार चोर्न गघाको प्रयोग

जोहानेसबर्ग । चोरहरुले चोरीका लागि अनौठो विधि प्रयोग गर्न थालेका छन् । दक्षिण अफ्रिकामा कार चोरी गर्ने गिरोहले गधा प्रयोग गरेर कार लैजाने गरेको तथ्य बाहिर आएको छ ।

प्रहरीका अनुसार चोरी भएको एउटा लक्जरी कार गधा प्रयोग गरेर लैजादै गरेको अवस्थामा बरामद भएको छ । गधाले तानेर जिम्बाबेतर्फ लैजान नदी पार गर्न लागेको अवस्थामा कार बरामद भएको हो ।

स्थानीय प्रहरीका अनुसार कार तस्करी गर्ने कोशिश असफल भएपछि चोरहरु जिम्बाबेतर्फ भागेका थिए । गत वर्ष डिसेम्बरमा पनि डर्बनबाट चोरी भएको एक कारलाई नदी पार गराउँदै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त कारलाई पनि गधाले तानेर लगिदैं गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

कार लैजान गधाको प्रयोग किन भइरहेको छ भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको अनुमानअनुसार आधुनिक सवारी साधनमा सामान्यतया ट्रयाकिङ्ग उपकरण जडान गरिएको हुन्छ, जसको मद्दतमा कार कहाँ छ भन्ने थापा पाउन सकिन्छ । उक्त उपकरण कार स्टार्ट गरिएको अवस्थामा मात्र चालु हुने भएकाले चोरहरुले कारलाई स्टार्ट नगरी गधा प्रयोग गरेर लैजाने गरेको हुन सक्छ ।

विशेष