राजनीति मुख्य समाचार

एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग छैन : अाेली

एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग छैन : अाेली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवश्यकताअनुसार विकास कार्यमा अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

नेकपा एमाले १ नम्बर प्रदेश कमिटीले मंगलबारदेखि इलामको सदरमुकाममा सुरू गरेको प्रदेशस्तरीय नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले भने–‘लोकतन्त्रको संस्थागत विकासका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुले जनकेन्द्रित विकासमा बढी ध्यान दिनुपर्दछ ।’

अध्यक्ष ओलीले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो हुने दाबी गर्दै मधेसीको नाममा व्यक्तिगत स्वार्थका लागि लाग्नेहरूका कारण त्यहाँका जनता पछिपरेको बताए ।

नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको उल्लेख गर्दै उनले भने–‘अरूसँग स्पष्ट धारणा नभएकाले झुटको खेती गर्नुबाहेकको नीतिगत प्रतिस्पर्धा गर्ने क्षमता छैन ।’

अध्यक्ष ओलीले नीतिगत प्रतिस्पर्धा गर्न नसकेपछि एमालेले ल्याएका राम्रा एजेन्डाहरूको कुप्रचार गर्दै जनतालाई अलमलमा पारिरहेकाले निर्वाचित जनप्रतिनिधिलाई संयमित रहन आग्रह गरे ।

यही साउन २५ गतेसम्म सन्चालन हुने प्रशिक्षण कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगायतले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा प्रदेश नम्बर–१ का ३०० भन्दा बढी जनप्रतिनिधिको सहभागिता छ ।

विशेष