राजनीति

कांग्रेसले कारबाही गर्यो सांसदलाई, साधारण सदस्य समेत नरहने गरी निष्काषित

कांग्रेसले कारबाही गर्यो सांसदलाई, साधारण सदस्य समेत नरहने गरी निष्काषित


काठमाडौं । स्थानीय तह निर्वाचनमा अन्र्तघात गरेको भन्दै नेपाली कांग्रेस रुकुमले सांसद मिठु मल्ल सहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी निश्काषन गरेको छ ।

निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस रुकुमले अन्य १४ जनालाई स्पष्टिकरण मागेको छ । जिल्लास्थित अनुशासन विभागको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडा, निर्वाचन क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई पार्टीबाट निस्कासन गरिएको विभागका संयोजक भीमबहादुर डाँगीले बताए ।

विशेष