राजनीति

मेयर विद्या सुन्दर शाक्यलाई ‘चिडियाखानामा राख्ने र टिकटमा हेर्ने’ गुनासो वास्तविक

मेयर विद्या सुन्दर शाक्यलाई ‘चिडियाखानामा राख्ने र टिकटमा हेर्ने’ गुनासो वास्तविक

साउन २५ । कसैको लहड र सनकको भरमा स्थापित र प्रधानमन्त्री कार्यालयबाटै सञ्चालित एउटा विभाग अहिले हँसिमजा गर्ने ठाउँ भएको छ । त्यहाँ कसैकी श्रीमती पोइल गएको त कसैको लोग्नेले कान्छी ल्याएको गुनासोको ओइरो लाग्न थालेको छ ।

यस्तै जोक गर्ने थलो बनेको छ हेलो सरकार ! बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्थापना गरिएको हो । यसप्रति कतिसम्म आक्रोश छ, जनतामा भन्ने तथ्य सोमबार अपरान्ह देखियो । त्यहाँ एक जना साधारण नेपालीले आक्रोश पोख्दै गुनासो लेखे, ‘यो हेन्डल चलाउने कर्मचारीलाई एक झापड कस्सेर हान्न मन छ, कहाँ सम्पर्क गरौं । ? ’ फुच्चे नामको ह्यान्डलबाट आएको यो गुनासोउपर हेकर सरकामा बस्ने कर्मचारीले तत्कालै मेन्सन गरे, कार्यकक्षमै आउनुहोला । गुनासोकर्ताले अझै छाडेनन्, फेरि जुहारी खेले–शामाखुसीतिर आउन मिल्दैन ? त्यसपछि प्रधानमन्त्री कार्यालयका कर्मचारी मौन रहे । जवाफ फर्काएनन् ।

सोमबार नै अर्को उजुरी प¥यो फिक्सन नामधारीबाट । उनको गुनसाो पढेर कर्मचारी नहाँसी बसिरहन सकेनन् । गुनासो थियो –काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सम्बन्धी । गुनासोकर्ताले टिपाए, ‘विद्यासुन्दर शाक्यलाई चिडियाघरमा लडेर टिकटमा हेर्ने व्यवस्था गर्न मिल्दैन ? ’ विल्कुलै नमुना मान्छे रहेछन । गुनसाो पढेर मुर्छा परुञ्जेल हाँसे उपसचिव र तत्कालै मेन्सन गरे, ‘तपाईको गुनासो पर्यटन तथा स्थानीय विकास मन्त्रालय पठाइएको छ । ’
–जनआस्था साप्ताहिकबाट

विशेष