राजनीति

आज फेरी मन्त्रिपरिषद बिस्तार, को को बन्दैछन् मन्त्री ?

दीपक बोहोरालाई किन मन्त्री बनाउन चाहदैनन् देउवा ?

आज फेरी मन्त्रिपरिषद बिस्तार, को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आइतबार पुनः फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री देउवाले पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट तीन जना मन्त्री थप्ने तयारी गरेका छन् । 

राप्रपा प्रजातान्त्रिकले ४ मन्त्रालय माग गरेकोमा देउवाले तीन मन्त्रालय मात्र दिने मानसिकता बनाएका छन् । राप्रपाबाट दीपक बोहरा, विक्रम पाण्डे, रामकुमार सुब्बा र सुनिल थापाको नाम चर्चामा छ । तर बोहरालाई मन्त्री पद दिन देउवा सहमत छैनन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘आजभोलिमा मन्त्रिपरिषद् बिस्तार हुन्छ, छलफल अन्तिम चरणमा पुगेको छ ।’

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय मध्येबाट तीन मन्त्रालय राप्रपालाई दिने भएका छन् ।

 

विशेष