राजनीति

लौ चिन्नुस् तोरी लाहुरे मन्त्री !

लौ चिन्नुस् तोरी लाहुरे मन्त्री !

काठमाडौं । मन्त्रालयको मन्त्री र प्राविधिक कार्यालयको सुपरभाइजरमा के फरक छ ? जनताको जनादेशसहित आएको मन्त्री जसले मातहतका उच्च नोकरशाहदेखि हजारौं कर्मचारी परिचालित गर्नुपर्छ र मुलुकको दीर्घकालीन हितका खातिर नीतिहरु निर्माण गरी कार्यान्वयनमा लाग्नुपर्छ । सुपरभाइजर तथा सामान्य प्राविधिक कर्मचारीले टेलिफोनदेखि विद्युत, खानेपानी, ढल, शौचालयका प्राविधिक कामहरु हेर्ने गर्दछ हाम्रो देशमा मन्त्रीले नै सुपरभाइजर र कारिन्दाले गर्ने कामहरु गर्दै कैंँची, हथौडा बेल्चा हातमा लिएर सडकमा कुदने नाटक मञ्चन गर्न थालेका छन् ।

केही दिन अघि सरकारका आपूर्तिमन्त्री शिवकुमार मण्डल केवटले दरबारमार्ग पुगेर व्यापरीका सटरमा ताल्चा लगाए । अर्का संचारमन्त्री मोहनबहादुर बस्नेतले आधा दर्जन सहयोगीलाई भरेंग समाउन लगाई पोलमा चढी कैंची चलाएर तार काटे । सय दुई सय वर्ष अघि एक समय थियो मुलुकका मन्त्री, सेनापति नै तरबार लिएर युद्ध मैदानमा जान्थे र सत्रुपक्षको गर्दन छिनाउँथे । अहिले पनि भ्रष्टाचारका विरुद्ध लगातार लाग्नु पर्ने मन्त्रीको खाँचो नभएको होइन । तर यिनीहरु भने सस्तो लोकप्रियताका लागि नीतिगत, जनहितकारी, कामहरुतर्फ ध्यान नदिई फुर्के र सतही कामतर्फ आकर्षित भई विश्वभर मन्त्री पदको धज्जी उडाइरहेका छन् ।
–साँघु साप्ताहिकबाट

विशेष