राजनीति मुख्य समाचार

विराटनगर महानगरको घोषणा, पहिलो पल्ट छोरी जन्माउने परिवारलाई तीन हजार नगद

विराटनगर महानगरको घोषणा, पहिलो पल्ट छोरी जन्माउने परिवारलाई तीन हजार नगद

विराटनगर । विराटनगर महानगरपालिकाको प्रथम नगर सभाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३८ करोड ८९ लाख २१ हजार बजेट विनियोजन गरेको छ । महानगर प्रमुख भिम पराजुलीले  पत्रकार सम्मेलन गरी सो बजेट सार्वजनिक गर्नु भएको हो ।

प्रमुख पराजुलीले बजेटमा महानगरको आन्तरिक श्रोतबाट २७ करोड १४ लाख ४० हजार, राजश्व बाँडफाँडबाट २ करोड २५ लाख, सरकारबाट वित्तिय समानीकरण अनुदान ५४ करोड ६१ लख ५१ हजार, सरकारबाट स–कसर्त अनुदान ३१ करोड ५४ लाख ४१ ह्जार वैदेशिक अनुदान ३ करोड ५४ लाख ५० हजार रुपैयाँ सार्वजनिक गर्नुभयो । यस्तै, जनसहभागिताबाट ३ करोड २० लाख ९८ हजार नगर विकास कोष ऋण सहयोग ५ करोड महानगरमा मौजदात १७ करोड ८७ लाख र मझौला सहर एकिकृत सहरी वातावरणीय सुधार परियोजना तथा क्षेत्रीय सहरी विकास परियोजनाबाट १ अर्ब ६४ करोड अनुमानित आय सार्वजनिक गर्नु भएको हो ।

प्रमुख पराजुलीले व्ययतर्फ महानगरको चालु खर्च कूल बजेटको ११ दशमलव ९३ प्रतिशत २० करोड ८६ लाख ९८ हजार ४ सय ३०, विषयगत कार्यालयको चालु खर्चका लागि २६ करोड ७१ लख ४१ हजार, सामाजिक सुरक्षा भत्तामा २० करोड, भौतिक पूर्वाधार निर्माणमा ९२ करोड ५१ लख ५२ हजार, वातावरण, सरसफाई तथा विपद व्यबस्थापनका लागि ३ करोड २३ लाख, सामाजिक विकास तथा लक्षित वर्गको लागि ११ करोड ५६ लाख २९ हजार ५ सय ७० विनियोजन गरिएको बताउनुभयो । उहाँले मझौला सहर एकिकृत सहरी वातावरणीय सुधार परियोजना तथा क्षेत्रीय सहरी विकास परियोजनातर्फ चालु खर्च १ करोड ५० लाख, कन्सल्टेन्सी खर्च ८ करोड ५० लाख र सार्वजनिक निर्माणमा १ अर्ब ५४ करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

महानगरको उत्तर र दक्षिणस्थित एकरएक वटा सामुदायिक विद्यालय र एक मदरसामा ५०र५० लाख गरी १ करोड ५० लाख बजेट परिचालन गरी नमूना विद्यालय र मदरसा निर्माण गर्ने योजना रहेको छ । महानगरको वडा १८ लाई पर्यटन र वडा १९ लाई खेलकुदका लागि नमूना वडाको रुपमा विकास गर्ने, नहरलाई वाइपास सडकको रुपमा विकास गर्न १ करोड बजेट खर्चिने लक्ष्य रहेको प्रमुख पराजुलीको भनाइ थियो ।

महानगरले छोरी बचाउ अभियान सञ्चालन गरी पहिलो छोरी जन्माउने आमाबुबालाई ३ हजार नगद प्रदान गरेर सम्मान गर्ने योजना ल्याएको छ । स्थानीय सञ्चारमाध्यमको संरक्षण तथा संबद्र्धनका लागि रंगिन दैनिक पत्रिकालाई मासिक ४ हजार, सादालाई ३ हजार, साप्ताहिकलाई २ हजार, पाक्षिक, मासिक पत्रिका, अनलाईन र एफ.एमलाई १५ १५ सय र टेलिभिजनलाई १० हजार मासिक महानगरले उपलब्ध गराउने नीति लिइएको छ ।

महानगर सुरक्षका लागि ५ वटा टास्कफोर्स गठन गरी चेलिबेटी बेचबिखन, लागुऔषध नियन्त्रण तथा अपराध मुक्त विराटनगर निर्माणका लागि परिचालन गरिने निति लिएको प्रमुख पराजुलीले बताउनुभयो । ९० बर्षमाथि उमेरका ज्येष्ठ नागरिकको सम्मान स्वरुप सरकारले उपलब्ध गराउँदै आएको भत्तामा महानगरले थप १ हजार, घररघरमा गएर स्वास्थ्योपचार गर्ने नीति सार्वजनिक गर्नुभयो । दिवा खाजा, मनोरञ्जन लगायतको सेवाका साथै तीर्थस्थल भ्रमण गर्ने लगायतको सेवा सञ्चालनका लागि वडा ३ मा नमूनाको रुपमा स्थानीय परोपकार अभियान समूहसँगको साझेदारीमा जेष्ठ नागरिक एकिकृत सेवा सञ्चालन गर्ने र सफल भएपछि थप वडामा विस्तार गर्ने नीति लिएको छ ।

महानगरले नयाँ मदिरा पसल सञ्चालनका लागि अनुमति बन्द र घरेलु मदिरा उत्पादन, बिक्री वितरण बन्द गर्नुका साथै राती ९ बजेपछि मदिरा पसल सञ्चालन गर्न नपाईने नीति लिइएको छ । सहिदमार्गबाट शास्त्रिमार्ग हुँदै घोघाहापैनी सिंघीयाहीसम्म बहुउद्देश्यीय पार्क निर्माणका लागि १ करोड बजेट बिनियोजन गरेको छ । सभागृह छेउको इको पार्क निर्माण पूरा गरि सञ्चालन गर्ने, पिपिपि अवधारणामा सडकमा आकाशे पुल र सडक शौर्यबत्ती जडान गर्ने नीति लिएको छ ।

महानगरले सिटी बस सञ्चालन गरी नमुना सवारी साधनको चाप घटाउने, नगरको धुलोहिलो मुक्त अभियान सञ्चालनका लागि १५ वटा वडामा २०र२० लाखको दरले र वडा १८ र १९ मा ५० लाखको दरले बजेट विनियोजन गरेको छ ।

विराट राजा दरबार क्षेत्रको उत्खनन तथा बैधानिकताका लागि ४० लाख बजेट विनियोजन गरिएको छ । नदी किनारको जग्गाहरुबाट नदीभन्दा एक सय मिटर दायाँबायाँबाट मात्रै माटो उठाउन पाइने नीति महानगरले लिएको छ । नगर सभाले सुकुम्बासी तथा खोला छेउको बस्ती व्यबस्थापनका लागि एकिकृत बस्ति परियोजना सञ्चालन गर्ने निति लिएको छ ।

विशेष