जनकपुरमा ‘साहुजीहरू’को टक्कर
जनकपुर । दुई नम्बर प्रदेशको राजधानीका रूपमा हेरिएको जनकपुर उपमहानगरमा ‘साहुजी समुदाय’ कै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रमुख तीन दलका साथै मधेसकेन्द्रित दलले समेत व्यापारिक वर्गका रूपमा चिनिएको ‘साहु समुदायबाट उम्मेदवार बनाएपछि जातीयता प्रमुख मुद्दा बनेको छ । उपमहानगरका १९ मेयर उम्मेदवारमध्ये ११ जना ‘साहुजी समुदाय’ का छन्।
कांग्रेसले मनोज साह, एमालेले लक्ष्मीनारायण साह भगत, माओवादीले चन्द्रशेखर साह, राजपाले लालकिशोर साह, फोरम नेपालले विष्णुदेव साह र फोरम लोकतान्त्रिकले हंसराज साहलाई मेयर उम्मेदवार बनाएका छन् । जनकपुरस्थित रारा बहुमुखी क्यापसका राजनीतिशास्त्रका प्राध्यापक नवीन मि श्र भन्छन्, ‘जातीयता, पैसा र शक्तिको संगमले यहाँ उम्मेदवार छनोट भएको देखिन्छ।’
०६८ को जनगणनाअनुसार जनकपुर उपमहानगरको जनसंख्या १ लाख ५४ हजार ५ सय ८९ छ । त्यसमध्ये यहाँ ‘साहुजी समुदाय’को संख्या २२ हजार हाराहरी छ ।
अन्नपूर्ण