भन्सारमा भ्रष्टाचार हुन्छ भन्नेलाई भन्सार अधिकृतले दिए गतिलो जवाफ (भिडियोसहित)
गोपाल खत्री
भन्सार अधिकृत, भैरहवा भन्सार कार्यालय
नेपालमा नयाँ संविधान जारी भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै छिमेकी मुलुक भारतले नेपालमा अघोषित ‘नाकाबन्दी’ लगायो । दसगजा क्षेत्रमै पनि आन्दोलनकारी धर्नामा बसेकाले भारतबाट नेपालमा सामानहरु निर्वाधरुपमा भित्रिन सकेनन् ।
एक महिना होइन दुई महिना होइन, झण्डै ६ महिना नेपालले भारतीय नाकाबन्दीको समस्या बेहोर्नुप¥यो । नेपाल भारत सीमा क्षेत्रका अधिकाँश नाकामा नाकाबन्दी भएपनि सुनौली नाकालाई भने नाकाबन्दीले छुन सकेन । तत्कालीन मधेसी मोर्चाले निर्वाध रुपमा सञ्चालन भइरहेको सुनौली नाकाका कारण आफूहरुको आन्दोलन असफल हुन लागेको भन्दै त्यहाँ पनि नाकाबन्दी गर्न खोजे, तर भैरहवाका उद्योगी व्यवसायी र स्थानीयले डटेर विरोध गरे । त्यसैले त्यहाँ पनि नाकाबन्दी लगाउन खोज्ने मधेसी मोर्चाको प्रयास पूर्ण असफल भयो । वास्तवमा भन्नै पर्छ, यदि सुनौली नाकामा पनि नाकाबन्दीको प्रभाव परेको भए नेपाली जनताले ठूलो समस्या भोग्नु पथ्र्याे । तर त्यहाँका सचेत उद्योगी व्यसायी र स्थानीय वासिन्दाका कारण त्यही नाकाबाट नेपालमा सामानहरु भित्रिन सफल भयो । पूरै नाकाबन्दीको समय भर नेपाली जनतालाई सुनौली नाकाले थेग्ने काम ग¥यो । तर, यस्तो ऐतिहासिक महत्व बोकेको सुनौली नाकाले अहिले विविध समस्या भोग्नु परिरहेको छ । यी समस्याले निरन्तरता पाए यहाँका उद्योगी व्यवसायी आगामी दिनमा पलायन नहोलान् भन्न सकिन्न । त्यसैले हाल देखिएका समस्या तत्कालै सम्बोधन गर्नुपर्ने देखिन्छ ।
आर्थिकरुपमा भैरहवा नाका अत्यन्तै फरटाइल मानिन्छ । यो भैरहवा नाका (सुनौली) नाका यस्तो नाका हो, जुन नाका भारतले नाकाबन्दी गर्दा पनि निर्वाधरुपमा सञ्चालनमा आयो । नाकाबन्दी लगाउने प्रयासलाई यहाँका उद्योगी व्यवसायी र स्थानीय वासिन्दाले बिफल बनाइदिए । यो भैरहवा नाका नेपालकै लाइफलाइन नाका पनि हो । भारतको राजधानी यहाँबाट नजिक पर्ने हुनाले यहाँबाट सामान ल्याउँदा पनि सस्तो पर्छ । तर यो नाकाले ३, ४ महिनादेखि समस्या भोग्नु परिरहेको छ । पहिला दैनिक ८, ९ सय ट्रक सामान नेपाल आउने गरेकोमा अहिले भारतीय पक्षले कडाइ गरेकाले तीन, चार सयमा झरेको छ । यसले गर्दा व्यवसायीले अनावश्यक दुःख र झन्झट पाइरहेका छन् । यो स्थिति लामो समयसम्म रहिरहे उद्योगी व्यवसायी पलायन नहोलान् भन्न सकिन्न । अहिले दैनिक पाँच करोड रुपैयाँ राजस्वमा कमी आइरहेको छ ।
भैरहवाका उद्योगी व्यवसायीले हामीसँगको भेटमा सुनौली नाकाले अहिले धेरै समस्या बेहोरिरहेको बताएपनि भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत गोपाल खत्रीले भने सबै स्थिति सामान्य रहेको बताए । ‘भारतीय क्षेत्रमा बाढी आउँदा दुई चार दिन केही असर परेको थियो, राजस्व पनि केही घटेको थियो, तर अहिले त्यस्तो केही छैन, सबै सामान्छ छ,’ भन्सार अधिकृत क्षेत्रीले भने ।
भन्सार अधिकृत खत्रीसँग हामीले कुराकानी गर्दा उनी निमित्त भन्सार प्रमुख थिए । भन्सार प्रमुखकै कार्यकक्षमा उनीसँग हामीले लामो कुराकानी गरेका थियौं । तर भिडियो अन्तर्वार्तालाई भने हामीले सम्पादन गरेका छौं । आफ्ना भनाइहरु हाँसीहाँसी निर्धक्कसँग भन्न सक्ने भन्सार अधिकृत खत्रीले भन्सारलाई आधुनिकीकरण र समयसापेक्ष बनाउन सरकार लागिपरेको बताए । उनले भने, ‘भन्सारमा ‘जिरो मिस्टेक’ काम हुने गर्छ, यसमा कुनै शंका छैन । कसैले गलत ढंगले काम गर्न खोज्छ भने पनि त्यो सम्भावना छैन ।’
हामीसँगको कुराकानीमा उनले भैरहवा भन्सार कार्यालयमा कुनै पनि भ्रष्टाचार नहुने दाबीसमेत गरे । उनले थपे, ‘भन्सार कर्मचारीले गल्ती गर्दै गर्दैनन्, उनीहरु सिस्टम अनुसार चल्छन्, नियम, कानुन र प्रविधिबाट चल्छन् ।’
Gopal Khatri Bhairawa Vansar