साढे तीन करोड मध्यरातमा कसैले दिएपछि राजपाका नेताहरु मधेस झरे
काठमाडौं । स्थानीय तह तेस्रो चरणको चुनवामा भाग लिएका राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु ५० लाखको दरले भरिएको झोला बोकेर मधेस झरेका छन् । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकूरबाहेक प्राय सबै प्रमुख नेताहरु मधेसतिर लागेका हुन् ।
प्राप्त जानकारी अनुशार राजपा नेपालले चुनावी खर्चका लागि साते तीन करोड जोहो गरेपछि नेताहरु मधेसतिर झरेका हुन् । बिना पैसा अध्यक्षज्यूहरु मधेस जाने कुनै भएन सबै उम्मेदवारहरु आर्थिक सहयोगका लागि पर्खेर बसेका छन्–स्रोतले भन्यो, ‘बल्ल आइतबार मध्यराति साढे तीन करोड कतैबाट प्राप्त भयो । त्यसमा ५० लाख पार्टी कार्यालयका लागि छुट्टयाउँदै बाँकी रकमबाट ५० लाखको दरले रकम लिएरै सबै अध्यक्षहरु चुनावी क्षेत्रमा लागेका हुन् ।’
घटना र बिचार साप्ताहिकबाट