राजनीति

एमालेले एउटै ब्यक्ति कमिटीमा नदोहोर्‍याउने

एमालेले एउटै ब्यक्ति कमिटीमा नदोहोर्‍याउने

काठमाडौं । एमालेले साविकको निर्वाचन क्षेत्रीय कमिटी भंग गर्दै समन्वय कमिटी गठन गरेको छ ।

निर्वाचन क्षेत्र निर्धारण भइसकेको अवस्थामा साविकको क्षेत्रीय कमिटी भंग गर्दै एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो । एमाले स्थायी समिति बैठकले एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लालाई नै समन्वय कमिटीको काम गर्ने गरी जिम्मेवारी प्रदान गरेको छ ।

एमालेले एउटै ब्यक्ति जिल्ला, नगर र गाउँपालिका कमिटीमा नदोहोर्‍याउने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय कमिटीमा रहेका पदाधिकारी र सदस्यहरु हाल कायम रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको सदस्य रहने र सो समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको सदस्य, संयोजक रहनेछन् । बैठकले सबै निर्वाचन क्षेत्रमा प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्ने निर्णय गर्दै कमिटीमा सम्बन्धित गाउँरनगर कमिटीका पदाधिकारी सदस्य रहने ब्यवस्था गरेको छ ।

समन्वय कमिटीमा जिल्ला कमिटीले तोकेको जिल्ला कमिटी सदस्य संयोजक रहने व्यवस्था गरेको कार्यबहाक सचिव मिना ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष