रोजगार

सामान्य प्रशासन मन्त्रालयले गर्यो ९ सय ७७ कर्मचारीको सरुवा को–कहाँ पुगे (सूचीसहित)

सामान्य प्रशासन मन्त्रालयले गर्यो ९ सय ७७ कर्मचारीको सरुवा को–कहाँ पुगे (सूचीसहित)

काठमाडौं । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार ९ सय ७७ कर्मचारी सरुवा गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका नायब सुब्बा देखि खरदारसम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो । निर्वाचन आचारसंहिता सुरु भइसके पनि स्थानीय तहका लागि कर्मचारी सरुवा गर्न निर्वाचन आयोगले सहमति दिएपछि मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो । यसअघि सरकारले बुधबार ८० कर्मचारी सरुवा गरेको थियो ।

निजामति सेवा नियमावलीअनुसार भदौ महिनाभरि कर्मचारीलाई सरुवा गर्ने समय पनि निर्वाचन आचारसंहिताका कारण सरुवा रोकिएको थियो ।  सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका एक सय १२ उपसचिव स्थानीय तहमा काजमा खटाएको छ । यस्तै सरुवा गरिएकामध्ये ७५ जना शाखा अधिकृत छन् ।

खरिदारको सरुवा 

नायब सुब्बाको सरुवा 

विशेष