तीनदलका शीर्ष नेता मधेशमा, आज प्रचारको अन्तिम दिन शक्ति प्रदर्शन गर्दै
काठमाडौ । प्रदेश २ को स्थानीय तह निर्वाचनको मुखैमा प्रमुख दलका शीर्ष नेताहरूको दौडधुपले तीव्रता पाएको छ । सबै दलका शीर्ष नेता उपत्यका छाडेर प्रदेश २ को निर्वाचनमा केन्द्रित भएका छन् । ठूलासहित सबै दलका नेताहरू निर्वाचन हुने आठ जिल्लाका विभिन्न चुनावी कार्यक्रममा पार्टी प्रवेशदेखि लिएर आरोप–प्रत्यारोपसम्ममा उत्रिएका छन् ।
प्रदेश २ लाई आधार स्थल बनाएका राष्ट्रिय जनता पार्टी नेपाल, लोकतान्त्रिक फोरम, संघीय फोरमसहितका मधेसकेन्द्रित दलले समेत शीर्ष नेतासहित सिंगो पार्टी शक्ति परिचालित गरेका छन् । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायतका शीर्ष नेता निर्वाचन चिह्न साइकलमा चढेर मतदाताका घरदैलो पुगेका छन् । निर्वाचनको मिति नजिकिएसँगै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ पुगेका छन् ।
देउवा मंगलबारबाटै प्रदेश २ का विभिन्न जिल्लाका चुनावी पुगेका प्रधानमन्त्री देउवा सोही दिनदेखि चुनावी कार्यक्रममा सक्रिय छन् । बुधबार उनले विभिन्न चुनावी सभालाई सम्बोधन गरेका छन् । ३० भदौमा मात्र राजधानी फर्कने कार्यक्रम रहेको देउवा सचिवालयले जनाएको छ । देउवासहित प्रदेश २ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरू चुनावी प्रचारमा खटिएका छन् ।
देउवाले आठवटै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । मंगलबार र बुधबार सप्तरी, महोत्तरी तथा जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गरेका देउवाले आज ९बिहीबार० सर्लाही, रौतहट, वीरगन्जका चुनावी सभालाई सम्बोधन गर्नेछन् । ३० गते पर्सा, बारामा चुनावी कार्यक्रममा सहभागी बनेपछि सोही दिन उनी काठमाडौं फर्कनेछन् ।
राजधानी