राजनीति

कांग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा

कांग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा


टोकियो । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् ।

पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । शनिबार अपराह्न टोकियोस्थित नारिता बिमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको छ ।
झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको छ । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरे पनि सफल हुन सकेकाे छैन । 

जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ ।  यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेता लगायतलाई अध्यागमनबाट फर्काइएको थियो सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।

विशेष