थवाङ गाँउपालिका अध्यक्ष अपरहण मुक्त, पत्रकारको जिम्मा लगाइयो
रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमुक्त भएका छन् ।
बिहीबार राति अपहरणमा परेका घर्ती गएराति अपहरणमुक्त भएका हुन् । अध्यक्ष घर्तीलाई नेपाल कम्युनिष्ट पार्टीले शनिबार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारको जिम्मा लगाएको थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले फोन गरेर पत्रकारलाई बोलाई घर्तीलाई जिम्मा लगाएका थिए । अध्यक्ष घर्तीलाई आज आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।