नेपाल भारत सीमा ७२ घण्टाका लागि सिल, यस्तो छ कारण
काठमाडौ । भोली हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै गृहमन्त्रालयले तीन घेरामा सुरक्षा प्रदान गर्ने जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि पहिलो चरणमा जस्तै पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने गृहमन्त्रालयले जनाएको हो । मन्त्रालयले निर्वाचन शान्तिपूर्ण रूपमा सफल बनाउन र मतदातालाई ढुक्क भएर मत हाल्न अपिलसमेत गरेको छ ।
सुरक्षाको दृष्टिकोण अतिसंवेदनसिल क्षेत्रमा हेलिकप्टरबाट पनि सुरक्षा प्रदान गर्ने गृहले तयारी गरेको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ६ हजारदेखि ८ हजारसम्म सुरक्षाकर्मी खटिएका छन् । चुनाव हुने ८ जिल्लामा पर्ने नेपाल भारत सीमा नाका ७२ घन्टाका लागि सिल गरिएको छ ।