विचित्र विश्व

अनौठो प्रस्ताव, खेतमा जोतेरै म्यारी मी

अनौठो प्रस्ताव, खेतमा जोतेरै म्यारी मी

काठमाडौं । बेलायतमा एक पुरुषले आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राख्ने अनौठो तरिका अपनाएका छन् । पेशाले कृषि इन्जिनियर रहेका ३९ वर्षका टम प्लुमले आफ्नी प्रेमिका जेना स्टिम्सनलाई खेत जोतेर प्रपोज हानेका हुन् । 

अझ रोचक त के भने टमले हुनेवाला ससुरा बाको खेतमा नै जोतेर प्रेमिकालाई प्रपोज गरे । टम र जेना पछिल्लो १० वर्षदेखि रिलेशनसीपमा छन् । लामो प्रेमसम्बन्धलाई बिहेमा ढाल्नका लागि टमले जेनाका बुवाको खेतमा जोतेरै ‘म्यारी मी’ भन्ने शव्दाबली लेखे । जोतेर मलाई बिहे गर भन्ने कुरा लेखेपछि उनले प्रेमिका जेनालाई बोलाए र उनका आँखा बन्द गरिदिए । त्यसपछि उनले जेनालाई आँखा खोल्न भने र आँखै अगाडिको खेतमा जोतेर म्यारी मी लेखेको ठाउँ देखाए ।

आफ्नो प्रेमीको प्रपोज गर्ने शैली देखेर जेना अचम्म परिन् । उनी भन्छिन् – टम खासमा खासै रोमान्टिक मानिस होइनन् । तर यसपटक उनले धेरै ठूलो काम गरे । उनले टमको बिहे प्रस्ताव स्वीकारिन ।

विशेष