राजनीति

अझै मन्त्री थपदै देउवा, दुई राज्य मन्त्रीको आजै सपथ

अझै मन्त्री थपदै देउवा, दुई राज्य मन्त्रीको आजै सपथ


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेकी हुन् ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उनिहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेकोले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

विशेष