राजनीति

माओवादी केन्द्र कांग्रेस भइसक्यो : वैद्य

माओवादी केन्द्र कांग्रेस भइसक्यो :  वैद्य

चितवन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

पार्टी विस्तारका लागि चितवन पुगेको वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएकाले पार्टी एकता सम्भव नरहेको बताए । प्रचण्डले नयाँ जनवादी क्रान्तिको बाटो छोडेर लोकतान्त्रिक पद्धति, १२ बुँदे सहमति, जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजनको समयसम्म आइपुग्दा बाटो बिराएको वैद्यको भनाइ थियो ।

बहुलवादलाई स्वीकार गरेर जाने कम्युनिष्ट नभएको भन्दै माओवादी केन्द्रले कम्युनिष्ट सिद्धान्त छाडिसकेको बताए । वैद्यले भने “माओवादी केन्द्र अब नामधारीको कम्युनिष्ट मात्रै हो ।” प्रचण्ड पश्चगामी दिशामा गइसकेको भन्दै काँग्रेससँग बाटो सोझाउँदैछ माओवादी केन्द्र । कम्युनिष्ट एक भएर जानुपर्ने भन्दैे अहिलेको संविधान नमान्ने र सरकारमा नजाने बीचमा एकता हुनसक्ने बताए ।

जसका लागि बिप्लव र मोहनबिक्रमसँग कुराकानी भइरहेको बताए । नयाँ जनवादी क्रान्ति सम्पन्न भइनसकेको भन्दै यसलाई सम्पन्न गर्न पोखरामा असोज २१ र २२ गते हुने राष्ट्रिय सम्मेलनले कार्यदिशा तय गर्ने बताए ।

विशेष