राजनीति

प्रदेश नम्बर २ मा आज मतदान

प्रदेश नम्बर २ मा आज मतदान

काठमाडौं । स्थानीय तहको तेस्रो चरणअन्तर्गतको चुनावका लागि सोमबार प्रदेश २ का आठ जिल्लामा मतदान हुँदैछ । योसँगै नयाँ संविधानले तय गरेको संघीय संरचनाको एउटा तह स्थानीय तहको निर्वाचन सम्पन्न हुनेछ ।

राजनीतिक विवाद साम्य नभएका कारण स्थानीय तहको चुनाव चरणबद्ध रूपमा गरिएको हो । यसअघि वैशाख ३१ र असार १४ दुई चरणमा गरी ६ वटा प्रदेशमा चुनाव भइसकेको छ । सोमबार हुने मतदानमा ढुक्क भएर सहभागी हुन निर्वाचन आयोगले आम मतदातामा अपिल गरेको छ ।

‘सबै मतदातालाई एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन म अनुरोध गर्दछु,’ आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुनुस् ।’

मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । ५ बजेसम्म मतदान केन्द्र प्रवेश गरिसकेकाले मतदान गर्न पाउने व्यवस्था छ । 

विशेष