राजनीति

राजविराज नगरपालिका १५ वडाको निर्वाचन असोज ५ मा हुने

राजविराज नगरपालिका १५ वडाको निर्वाचन असोज ५ मा हुने


सप्तरी । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको निधन भएपछि सोमबार हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ ।

साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित थिए । शनिबार साँझ घरमै उनको निधन भएको थियो ।

यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए ।

विशेष