राजनीति

सबैलाई उछिन्दै कांग्रेसले लियो २ नम्बर प्रदेशमा अग्रता

सबैलाई उछिन्दै कांग्रेसले लियो २ नम्बर प्रदेशमा अग्रता

काठमाडौं । प्रदेश नम्बर २ मा सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । अहिले सम्मको नतिजा अनुसार कांग्रेसले २ वडामा माओवादीले २ वडा र एमाले र संघिय समाजवादी फोरमले एक स्थानमा जित निकालेका छन् ।

हालसम्मको मतगणनाको परिणाम अनुसार कांग्रेसले १३ स्थानिय तहमा अग्रता कायम गरेको छ । एमाले ७ स्थानमा अगाडि छ । राजपा ६ स्थानमा अगाडि देखिएको छ भने माओवादी केन्द्रले ५ स्थानमा अग्रता लिएको छ । अन्य दलले भने ९ स्थानमा अग्रता लिइरहेका छन् ।

प्रदेश नम्बर २ मा असोज २ गते सम्पन्न निर्वाचनमा ७७ प्रतिशत मत खसेको निर्वाचन आयोगको दाबी छ ।  ८९ स्थानको मतगणना जारी छ भने अन्य स्थानको गणनाको तयारी गरिरहेको आयोगले जनाएको छ ।   २ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय ७ जना उम्मेदवार चयन हुनेछन् ।

विशेष