राजनीति

स्याड़्जामा विवेकशील साझा पार्टीका सदस्य माथि तरुण दलको हमला

स्याड़्जामा विवेकशील साझा पार्टीका सदस्य माथि तरुण दलको हमला


काठमाडौं । स्याड़्जा जिल्लाको चापाकोट नगरपालिका कार्यालय नजिकै तरुण दलका कार्यकर्ताद्वारा विवेकशील साझा पार्टी स्याड़्जा जिल्लाका सदस्य बन्धु घिमिरे माथि हमला भएको छ ।

उक्त घटनाको विवेकशील साझा पार्टी भत्सर्ना गर्दै दोषीलाई कारवाही र घाईतेलाई उचित स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरको छ ।

रत्नपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश गौतमका अनुसार कुटपिट गर्नेहरुको पहिचान भईसकेको र कारवाही प्रक्रिया अगाडी बढिसकेको छ ।

विशेष