राजनीति

यो चुनावमा पनि राप्रपा र संघीय समाजवादीको शर्मनाक पराजय हुन्छ त ?

यो चुनावमा पनि राप्रपा र संघीय समाजवादीको शर्मनाक पराजय हुन्छ त ?

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको प्रारम्भिक नतिजामा पनि राप्रपाको अवस्था दुःखद छ । पहिलो र दोस्रो चरणमा राप्रपाले जम्मा पाँच तह जितेको थियो ।
तेस्रो चरणमा १३६ स्थानीय तहमा सोमबार भएको निर्वाचनमा पनि राप्रपाको नामोनिशान कतै देखिएको छैन । यस्तै हालत संघीय समाजवादीको पनि छ । संघीय समाजवादीले पहिलो र दोस्रो चरणमा उल्लेख्य सफलता पाउन सकेको थिएन । उसको विजयी तहको संख्या ‘अन्य’मा जोड्नु पर्ने अवस्था थियो ।
अहिले तेस्रो चरणको निर्वाचनमा १० तहको निर्वाचन मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । तर त्यसमा संघीय समावादी र राप्रपाको कतै स्थान छैन । हालको नतिजाअनुशार एमाले ३, नेका, राजपा, माके २–२ तहमा अगाडि छन् ।

विशेष