विदेशीसँग मिलेर नाकाबन्दी गर्नेलाई मधेसी जनताले भोट हालेनन्
काठमाडौं । प्रदेश नम्बर २ मा सोमबार भएको १३६ स्थानको मतदानमा जनताले मधेसी दलहरुलाई खासै नरुचाएको प्रारम्भिक मतगणनामा देखिएको छ । १३६ मध्ये ७० स्थानमा सोमबार रातिदेखि नै मतगणना सुरु भएको छ ।
प्रारम्भिक मतगणनामा मधेसी जनताले भारतसँग मिलेर नेपाल र नेपालीको ज्यान लिने गरी गरेको नाकाबन्दीमा साथ दिने संघीय समाजवादी र राजपा नेपाललाई भोट नदिएको देखिएको छ । हालको नतिजाअनुशार एमाले चार स्थानमा अगाडि छ । नेका, माके र राजपा नेपाल ३–३ स्थानमा अगाडि छन् । यो दौडमा संघीय समाजवादी, राप्रपाको खास उपस्थिति देखिएको छैन ।
मधेस केन्द्रीत राजनीतिक दलले प्रदेश २ बात एमालेको पत्तासाफ गर्ने नीति िलिएका थिए ।
कांग्रेस र माओवादीले त एमाले सिध्याउन गठबन्धन नै गरिरहेका छन् । यति हुँदा हुँदै पनि एमालेको पोजिसन प्रदेश नम्बर २ मा कमजोर नहुने देखिएको छ । पहिलो पार्टी बन्न सक्ला नसक्ला त्यो बेग्लै कुरा हो । तर अहिलेको प्रारम्भिक नतिजामा एमालेको अवस्था दुःखलाग्दो छैन ।