प्रदेश २ मा एकैपटक आयो एमाले चौथो हुने संकेत
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुशार नेकपा एमाले चौथो स्थानमा पुगेको छ । पहिलो स्थानमा तीन दल बसेका छन् । नेपाली कांग्रेस,माओवादी केन्द्र र राजपा नेपाल ४–४ स्थानमा अगाडि छन् । तर एमाले तीन स्थानमा मात्रै अगाडि छ । अन्य राजनीतिक दलहरु भने ३ स्थानमा अगाडि छन् ।
सोमबार भएको १३६ तह मध्ये ७० भन्दा बढी तहमा मतगणना सुरु भइसकेको छ ।
नेका–माके गठबन्धनले एमालेलाई साइजमा ल्याने नीति लिएको छ भने मधेस केन्द्रीत राजनीतिक दलले प्रदेश नम्बर २ बाट पत्ता साफ गर्ने योजना बनाएका थिए ।