आजसम्म नदेखिएको बबाल टक्कर देखियो, चार दल बराबर
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुशार प्रमुख तीन राजनीतिक शक्ति र राजपा नेपालको टक्कर परेको छ ।
प्रारम्भिक मतगणनामा चार दल चार–चार स्थानमा आगाडि छन् । तीन स्थानमा अन्य राजनीतिक दल अगाडि छन् । राप्रपाको स्थिति अहिलेसम्म दुःख लाग्दो छ ।
सोमबार भएको १३६ तह मध्ये ७० भन्दा बढी तहमा मतगणना सुरु भइसकेको छ ।
नेका–माके गठबन्धनले एमालेलाई साइजमा ल्याने नीति लिएको छ भने मधेस केन्द्रीत राजनीतिक दलले प्रदेश नम्बर २ बाट पत्ता साफ गर्ने योजना बनाएका थिए ।