प्रदेश २ मा पनि एमाले पहिलो बन्यो भने नाकाबन्दी लगाउने दलहरु के गर्छन् ?
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको सुरुवाती मत परिणामहरु आउन थालेका छन् । प्रदेश नम्बर २ मा मधेस केन्द्रीत राजनीतिक दलहरुले आफ्नो गढ मानेका छन् । यहि प्रदेशको आडमा उनीहरुले भारतसँग मिलेर नेपाल र नेपालीको घाँटी निचोर्न नाकाबन्दी गरेका थिए ।
प्रदेश नम्बर २ मा एमालेको पत्तासाफ गर्ने योजनामा मधेस केन्द्रीत राजनीतिक दलहरु पनि लागेका थिए । कांग्रेस र माओवादीले त एमाले सिध्याउन गठबन्धन नै गरिरहेका छन् । यति हुँदा हुँदै पनि एमालेको पोजिसन प्रदेश नम्बर २ मा कमजोर नहुने देखिएको छ । पहिलो पार्टी बन्न सक्ला नसक्ला त्यो बेग्लै कुरा हो । तर अहिलेको प्रारम्भिक नतिजामा एमालेको अवस्था दुःखलाग्दो छैन ।
हालको नतिजाअनुशार एमाले ३, नेका, राजपा, माके २–२ तहमा अगाडि छन् ।
यता राप्रपाको अवस्था भने दुःखद छ । पहिलो र दोस्रो चरणमा राप्रपाले जम्मा पाँच तह जितेको थियो ।
तेस्रो चरणमा १३६ स्थानीय तहमा सोमबार भएको निर्वाचनमा पनि राप्रपाको नामोनिशान कतै देखिएको छैन । यस्तै हालत संघीय समाजवादीको पनि छ । संघीय समाजवादीले पहिलो र दोस्रो चरणमा उल्लेख्य सफलता पाउन सकेको थिएन । उसको विजयी तहको संख्या ‘अन्य’मा जोड्नु पर्ने अवस्था थियो ।
अहिले तेस्रो चरणको निर्वाचनमा १० तहको निर्वाचन मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । तर त्यसमा संघीय समावादी र राप्रपाको कतै स्थान छैन ।