राजनीति

१२ सय ७१ वडा मध्ये १ सय ७८ वडाको मतपरिणाम सार्वजनिक

१२ सय ७१ वडा मध्ये १ सय ७८ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणअनुसार, तेस्रो चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमा कायम रहेका एक हजार २ सय ७१ वडामध्ये हालसम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगकाअनुसार, सप्तरीका १७, सिरहाका २४, धनुषाका २२, महोत्तरीका २१, सर्लाही ३५, रौतहटका २७, बाराका २२ र पर्साका १० वडाको मतपरिणाम सार्वजनिक भएको हो ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७६ दशमलव ८ प्रतिशत मत खसेको थियो ।

विशेष