राजनीति

कांग्रेसलाई पछ्याउँदै फोरम, एमाले माओवादी भन्दा पनि पछाडि

कांग्रेसलाई पछ्याउँदै फोरम, एमाले माओवादी भन्दा पनि पछाडि


काठमाडौं । प्रदेश नम्बर २ मा असोज २ गते सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ ।

एक सय ३६ स्थानीय तहमा भएको स्थानीय तहको निर्वाचनको गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । अहिले सम्मको गणनामा नेपाली कांग्रेसले ३६ स्थानमा अग्रता बनाएको छ भने संघिय समाजवादी फोरम कांग्रेसलाई पछ्याउदै २५ स्थानमा अग्रता लिएको छ ।

त्यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले १६ स्थानमा अग्रता लिएको छ । नेकपा एमाले चौथो स्थानमा रहेको छ । राजपाले आफूले दाबी गरेको उसको पकड क्षेत्रमा भने निकै पछाडि रहेको छ ।

विशेष