राजनीति मुख्य समाचार

यस्तो छ आठ जिल्लाको चुनावी परिणाम, चार दलबिच कडा प्रतिस्पर्धा

यस्तो छ आठ जिल्लाको चुनावी परिणाम, चार दलबिच कडा प्रतिस्पर्धा

काठमाडौं । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना भइरहेको निर्वाच आयोगले जनाएको छ ।

आयोगका अनुसार सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मत गणना हुन सकेको छैन । प्रारम्भिक नतिजा अनुसार ६ वटा दलबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको हो ।

मतगणना भइरहेका स्थानीय तहमध्ये प्राप्त पछिल्लो जानकारीअनुसार नेपाली कांग्रेस सबैभन्दा बढी स्थानीय तहमा अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले ४४ स्थानीय तहमा अगाडि छ । नेकपा एमाले २४, त्यसैगरी संघीय समाजवादी फोरम २५, नेकपा माओवादी केन्द्र १९, राष्ट्रिय जनता पार्टी १६ र नेपाल लोकतान्त्रिक फोरमले ३ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिकामा राजपा अग्रता लिएको छ । त्यसैगरी नेपाली कांग्रेसले ३ ,नेकपा एमालेले ३, संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनता पार्टीले २ र नेकपा माओवादी केन्द्रले एउटा स्थानीय तहमा अग्रता लिएका छन् ।

यता बारामा पनि नेपाली कांग्रेसले ५, राष्ट्रिय जनता पार्टीले ४, नेकपा एमालेले दुई उपमहानगरपालिकासहित ३, संघीय समाजवादी फोरमले ३, माओवादी केन्द्रले १ र नेपाल लोकतान्त्रिक फोरमले १ स्थानीय तहमा अग्रता लिएका छन् ।

रौतहटमा पनि नेपाली कांग्रेसका उम्मेदवार ७ वटा स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार ६ स्थानीय तहमा अगाडि देखिँदा संघीय समाजवादी फोरम र नेकपा एमाले २–२ वटा स्थानीय तहमा अगाडि छन् । रौतहटको एउटा स्थानीय तहमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् ।

सर्लाहीमा पनि कांग्रेसले ५ वटा स्थानीय तहमा अग्रता लिएको छ । त्यसैगरी संघीय समाजवादी फोरम, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले ३–३ स्थानीय तहमा अग्रता लिएका छन् भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार तीन वटा स्थानीय तहमा अगाडि छन् ।

महोत्तरीमा नेपाली कांग्रेसका उम्मेदवार ५ वटा स्थानीय तहमा अगाडि छन् । राष्ट्रिय जनता पार्टी ३, संघीय समाजवादी फोरम २, नेपाल लोकतान्त्रिक फोरम २ स्थानमा अगाडि रहँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार १÷१ स्थानीय तहमा अगाडि छन् । महोत्तरीको एउटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् ।

धनुषामा भने संघीय समाजवादी फोरमका उम्मेदवार ५ वटा स्थानीय तह अगाडि देखिएका छन् । एमाले ३, माओवादी केन्द्र २ स्थानीय तहमा अगाडि रहँदा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले एक÷एक स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

जनकपुर उपमहानगरपालिकामा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार अग्रस्थानमा छन् । सिरहामा भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवार समान चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् ।

सप्तरीमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका उम्मेदवार चार÷चार स्थानीय तहमा अगाडि देखिएका छन् । त्यसैगरी नेकपा एमालेले ३ स्थानीय तहमा अग्रता लिँदा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले २ स्थानीय तहमा अग्रता लिएका छन् ।

विशेष