राजनीति

वीरगन्जमा राजपालाई उछिन्यो कांग्रेसले, तीन उपमहानगरमा को अगाडि

वीरगन्जमा राजपालाई उछिन्यो कांग्रेसले, तीन उपमहानगरमा को अगाडि

काठमाडौं । दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा राष्ट्रिय जनता पार्टीलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।  निकै सुस्त गतिमा भइरहेको मतगणनाको पछिल्लो परिणाममा मेयर पदका उम्मेदवार कांग्रेसका अजय द्वीवेदीले २६०४ मत पाउँदा राजपाका राजेशमान सिंहले २५५८ मत पाएका हुन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका पनि नेपाली कांग्रेसभन्दा राजपा निकै मतले अगाडी देखिएको छ । राजपाका मेयर उम्मेदवारले ४९२८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले १६६३ मत मात्र प्राप्त गरेका छन् । उपमेयरमा पनि राजपा उम्मेदवार नै अगाडि देखिएका छन् । बाराको दुई उपमहानगर कलैया र जितपुर–सिमरामा एमालेले अग्रता लिएको छ ।

कलैया उपमहानगरपालिकामा एमालेले १६९२, संघीय फोरमले १५९० र कांग्रेसले ११२५ मत पाएको छ । जितपुर सिमरा उपमहानगरपालिकामा भने एमालेले ५६७९ मत पाउँदा माओवादी केन्द्रले ४७०६ र कांग्रेसले ३७३५ मत पाएका छन् ।

विशेष