राजनीति

दशै चियापान कार्यक्रम कांग्रेसको परिवर्तन

दशै चियापान कार्यक्रम कांग्रेसको परिवर्तन

काठमाडौंँ । नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमलाई यस वर्ष केही परिवर्तन गरेको छ ।

काठमाडौँमा आयोजना हुँदै आएको चियापन यस वर्ष ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा आयोजना गर्ने निर्णय काँग्रेसले गरेको छ ।

आगामी मङ्सिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आम जनतामाझ पार्टीलाई क्रियाशील गराउनुपर्ने भएकाले प्रदेश–प्रदेशमा नै चियापान कार्यक्रम आयोजना गर्ने तयारी गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पार्टी कार्यालयले उक्त दिन पार्टी कार्यालय सानेपामा चियापान कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको थियो । जननायक बीपी कोइरालाले विसं २०३३ सालमा विदेश प्रवासबाट स्वदेश फर्केपछि थाल्नुभएको चियापान कार्यक्रमको परम्परालाई निरन्तरता दिँदै आएको नेपाली काँग्रेसले जनाएको छ ।

 गोरखापत्र

विशेष