राजनीति

प्रदेश नम्बर २ मा स्थानीय तहको मतपरिणाम आउने क्रम जारी, कहाँ को–को विजयी भए

प्रदेश नम्बर २ मा स्थानीय तहको मतपरिणाम आउने क्रम जारी,  कहाँ को–को विजयी भए

काठमाडौं । प्रदेश नम्बर २ मा भएको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।  अहिलेसम्म घोषित परिणामअनुसार नेकपा एमाले २ स्थानीय तहमा विजयी भएको छ । त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम २ स्थानीय तहमा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी एक-एक स्थानीय तहमा विजयी भएका छन् । प्राप्त पछिल्लो जानकारीअनुसार सप्तरीको सप्तकोसी नगरपालिकाको मेयरमा नेकपा एमालेका उत्तम गौतम ३०३९ मतसहित विजयी भएका छन् । उपमेयरमा पनि एमालेकै आशा चौधरी ३२२७ मतसहित विजयी भएका छन् ।

त्यसैगरी सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका जवाहरलाल यादव १९४६ मतसहित विजयी भएका छन् भने उपाध्यक्षमा पनि लोकतान्त्रिक फोरमकै उषादेवी १९३५ मतसहित विजयी भएकी छन् ।

धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर राउत २३७७ मतसहित विजयी भएकाे छ भने उपाध्यक्षमा पनि एमालेकै प्रमिला देवी २२९९ मत ल्याएर विजयी भएकी छन् ।

रौतहटको इशानाथ नगरपालिकाको मेयरमा नेपाल लोकतान्त्रिक फोरमका सन्तोष मेहता ५७५८ मत ल्याएर विजयी भएका छन् भने उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै हुसनी आरा खातुन ५२३६ मत ल्याएर विजयी भइन् ।

सिरहाको विष्णु गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादीका जागेश्वर यादव १९४० मत ल्याएर विजयी भएका छन् छ भने उपाध्यक्षमा पनि संघीय समाजवादीकै देवी सिंह २७०० मतसहित विजयी भएकी छन् ।

यसैगरी धनुषाको हंशपुर नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका रामज्ञान मण्डल ३३२० मतसहित विजयी भएका छन् । उपमेयरमा राजपाकै रेणुदेवी झा ३२७६ मतसहित विजयी भइन् । यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४३०९ मत ल्याएर विजयी हुनुभएको छ भने उमपेयरमा माओवादीकै ज्ञानु श्रेष्ठ ४३१३ मत प्राप्त गरी विजयी भएकी छिन् ।

विशेष