विचित्र विश्व

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान

३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान

भारत । भारतीय शास्त्रीय संगीतकी गायिकाले मुखबाट लगातार ३० घन्टासम्म सिट्ठी बजाएर विश्व कीर्तिमान राखेकी छन् ।

चेन्नइकी शास्त्रीय संगीतकी गायिका पूजा चन्द्रमोहनले लगातार ३० घन्टासम्म सिट्ठी बजाएर ‘गिनिज बुक अफ वर्ल्ड रेर्कड’मा आफ्नो नाम लेखाउन सफल भएकी छन् ।

गिनिज बुकका अनुसार यसअघि सबैभन्दा लामो समय सिट्ठी ९सुसेली० बजाउने ब्यक्तिको कीर्तिमान क्यानेडियन महिला जेनिफर अनीवी डेविसको नाममा रहेको थियो । डेविसले लगातार २५ घन्टा ३० मिनेट ५ सेकेन्डसम्म सिट्ठी बजाएकी थिइन् ।

उनले गत शनिबार बिहानदेखि आइतबार दिउँसो ३ बजेसम्म ३० घन्टा १ मिनेट १० सेकेन्डसम्म सिट्ठी बजाएपछि जेनिफरको कीर्तिमान् भंग भएको हो । पूजा शास्त्रीय संगीतको पोख्त गायिकासमेत हुन् । उनले यस कीर्तिमानीको लागि हिन्दि चलचित्र ‘रकस्टार’ को गीत ‘तुम हो’लाई सुसेलेर सिट्ठी बजाएकी थिइन् ।

विशेष