राजनीति

सिराहामा स्वतन्त्र उम्मेदवार विजयी

सिराहामा स्वतन्त्र उम्मेदवार विजयी


सिराहा । सिरहाको कल्याणुपुर नगरपालिकाको वडा नं ६ मा स्वतन्त्र उम्मेदवार मोतिबुल राईन विजय भएका छन । राइनले २ सय १९ मत पल्याएर निर्वाचित भएका हुन ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका दिनेश साहले १ सय ६६ मत ल्याएर प्राप्त गरेका छन् । त्यस्तै सिरहाको नवराजपुर गाउपािलकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली काग्रेसले जित निकालेको छ । अध्यक्षमा विश्व मोहन यादव र उपाध्यक्षमा शोभा कुमारी यादव विजय भएका हुन । अध्यक्षमा यादवले २३८३ र उपाध्यक्ष २३७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै अर्नामा गाउपालिकामा माओवादी केन्द्रका ठकु महतो २४६६ र उपमेयर सियावती मुखिया २२९९ मतसहित विजय भएका छन् । प्रतिद्धन्दी एमालेका चन्देश्वर मण्डल २२०९ र उपमेयर रामकुमारी महतो २२९८ मत प्राप्त गरेका छन् ।

विशेष