राजनीति

उपमेयर जितेको खुसियालीमा फूलमाला लगाएर गाउँ परिक्रमा गरिरहँदा फेरी अर्कैले जितेको भनेपछि...

उपमेयर जितेको खुसियालीमा फूलमाला लगाएर गाउँ परिक्रमा गरिरहँदा फेरी अर्कैले जितेको भनेपछि...

महोत्तरी । महोत्तरीको बलवा नगरपालिकाको अवस्था अहिले तनावग्रस्त छ । मेयरमा हारेपनि उपमेयर जितेको खुसियालीमा राष्ट्रिय जनता पार्टी नेपालले विजय जुलुस निकालिरहेको अवस्थामा निर्वाचन आयोगले कम्प्युटर गडबडीका कारण उपमेयर पनि नजितेको बताएपछि आक्रोशित राप्रपा कार्यकर्ताले त्यहाँ ढुंगामुढा गरिरहेका छन् । 

सुरुमा उपमेयरमा राजपाकी रीतादेवी झालाई विजयी घोषणा गरिएको थियो । मेयरमा हारेपनि उपमेयर जितेको खुसियालीमा राजपा कार्यकर्ता झालाई लिएर गाउँ गाउँ परिक्रमा गर्दै थिए । तर, निर्वाचन अधिकृतले उपमेयरमा पनि कांग्रेसले नै जितेको खबर पठाएपछि राजपा कार्यकर्ता आक्रोहित भएका हुन् ।

यसअघि उपमेयरमा राजपाकी झाले २८३८ मत र कांग्रेसकी रामदुलारी देवीले २७२७ मत पाएको बताइएको थियो । तर अहिले उपमेयरमा पनि २०० मतले कांग्रेस नै विजयी भएको घोषणा गरिएको छ ।

विशेष