राजनीति

वीरगञ्ज महानगरमा राजपालाई संघीय समाजवादीले उछिन्यो, एमाले पाँचौं

वीरगञ्ज महानगरमा राजपालाई संघीय समाजवादीले उछिन्यो, एमाले पाँचौं

काठमाडौं । दुई नम्बर प्रदेशको एक मात्र महानगरमा नेपाली कांग्रेसको अग्रता कायमै छ । दोस्रोमा संघीय समाजवादी फोरम र तेस्रोमा राजपा छ । सुरुवातीताका पहिलो नम्बरमा रहेको राजपालाई उछिन्दै संघीय समाजवादी दोस्रो स्थानमा उक्लिएको हो । योसँगै अब वीरगञ्ज महानगरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार, नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अजयकुमार द्विवेदीले ४ हजार ९ सय ४९ मत प्राप्त गर्दा फोरम नेपालको मेयर पदका उम्मेदवार विजयकुमार सरावगीले ४ हजार ३ सय ४४ मत र राजपाका उम्मेदवार राजेशमान सिंहले चार हजार ३ सय १ मत प्राप्त गरेका छन् । महानगरमाको ११ वटा वडामा २३ हजार ४ सय ९८ मत मतगणना भइसकेको छ ।

प्रमुख पदमा नेकपा माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी २ हजार ७ सय ४३, नेकपा एमालेका बसरूद्दीन अन्सारी २ हजार १ सय ३२, नेपाल लोकतान्त्रिक दलका विमलप्रसाद श्रीवास्तव १ हजार ५ सय १० मत ल्याउँदै क्रमशः चौथो, पाँचौ र छैठौं स्थानमा छन् ।

विशेष