राजनीति

मन्त्री प्रभु साहकी श्रीमती मेयर !

मन्त्री प्रभु साहकी श्रीमती मेयर !

रौतहट । रौतहटको मोलापुर नगरपालिकामा माओवादी केन्द्रकी रिना कुमारी साह मेयर पदमा बिजयी भएकी छिन् । उनी सहरी विकास मन्त्री प्रभु साहकी श्रीमती हुन् ।

मेयर पदकी उम्मेदवार साहले ३९१३ मत प्राप्त गरेकी छिन् भने उपमेयरमा माओवादी केन्द्रका गौरी शंकर जयसवालले ३८८९ मत ल्याएर बिजयी भएका छन् ।

करिव दोब्बर मतले साह विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी राजपा नेपालका रबिन्द्र कुमार पटेलले २१२६ मत प्राप्त गरे । मेयर पदमा निर्वाचित रिना राजनीतिमा सक्रिय रहँदै आएकी छन् ।

अन्नपूर्णपोष्ट

विशेष