राजनीति

एक सय २५ स्थानमा मतपरिणाम आयो राजपा दोस्रो

एक सय २५ स्थानमा मतपरिणाम आयो राजपा दोस्रो


काठमाडौं । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २३, राष्ट्रिय जनता पार्टी २३ र नेकपा माओवादी केन्द्र २० स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १६, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् । पछिल्लो परिणामअनुसार सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका योगेन्द्रप्रसाद चौधरी विजयी भएका छन भने उपमेयरमा कांग्रेसकै कवितादेवी सरदार विजयी भइन् ।

धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टीका लालकिशोर साह विजयी भए । उपमेयरमा पनि राजपाकै रिता झा विजयी भइन् ।

विशेष