राजनीति

दोस्रो चरणको मतगणना अन्तिम चरणमा, एमाले पाँचौ

दोस्रो चरणको मतगणना अन्तिम चरणमा, एमाले पाँचौ


काठमाडौं । स्थानीय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ ।

असोज २ गते निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये हालसम्म १ सय २० स्थानीय तहको अन्तिम परिणाम आईसकेको छ । पछिल्लो मत परिणाम अनुसार कंग्रेसले ३६ स्थानको प्रमुखमा जित हात पारेको छ । उसले थप ३ स्थानमा अग्रता लिइरहेको छ । यस्तै संघिय समाजवादी फोरमले २२ स्थानीय तहमा जीत हासिल गरेको छ । उसले थप ४ स्थानमा आफ्नो अग्रता लिइरहेको छ ।

यस्तै माओवादी केन्द्र २० स्थानीय तहमा विजयी भएको छ । थप ३ स्थानमा माओवादी केन्द्रको अग्रता छ । राजपा २० स्थानमा विजयी भएको छ । ३ स्थानीय तहमा उसको अग्रता छ । एमाले १६ स्थानमा विजयी हुँदै ३ स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक फोरमले ३ स्थानमा जित हासिल गरेको छ । अन्यले ३ स्थानमा जित हासिल गरेका छन् ।

विशेष