राजनीति

एक सय २३ स्थानीय तहको नतिजा सार्वजनिक, नयाँ शक्तिले पनि जित्यो

एक सय २३ स्थानीय तहको नतिजा सार्वजनिक, नयाँ शक्तिले पनि जित्यो

काठमाडौं । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३६, संघीय समाजवादी फोरम २३, राष्ट्रिय जनता पार्टी २१ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १६, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।

पछिल्लो परिणामअनुसार सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका देवनन्द महतो ७२०८ मत ल्याएर विजयी भए ।उपमेयरमा पनि माओवादी केन्द्रकै रिता माझी ६४९९ मतसहित विजयी भइन । सिरहाको सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका असेश्वर यादव ९२३४ मत ल्याएर विजयी भए ।  उपमेयरमा भने नेकपा एमालेकी नमिता यादव ९१६१ मतसहित विजयी भइन ।

विशेष