राजनीति

१ सय ३० स्थानको मतपरिणाम आयो कस्को कति सिट

१ सय ३० स्थानको मतपरिणाम आयो कस्को कति सिट

काठमाडौं । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १३० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३७, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।

त्यसैगरी नेकपा एमाले १७, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् । पछिल्लो परिणामअनुसार रौतहटको गरुडा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका इन्दु राय यादव विजयी भएका छन् ।

उनले ३८७६ मत ल्याएर विजयी भएका हुन् । उपमेयरमा भने नेपाली कांग्रेसकी रंगीलाकुमारी जैसवाल ४६०३ मत प्राप्त गरी विजयी भइन् । बाराको आदर्श कोटवाल गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका मुस्तफा अन्सारी र उपाध्यक्षमा सोही पार्टीकी पुनम देवी विजयी भए ।

रौतहटको कटहरिया नगरपालिकाको मेयरमा माओवादी केन्द्रका सियारामप्रसाद कुशवाह विजयी भएका छन् भने उपमेयरमा पनि सोही पार्टीका उम्मेदवार विजयी भएका छन् । सर्लाहीको कविलासी नगरपालिकाको मेयरमा राजपाका किशोर राय विजयी हनुभएको छ भने उपमेयरमा संघीय फोरमका राधा देवी विजयी बने ।

सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयरमा एमालेका बसन्तकुमार मिश्र ५०४२ मत ल्याएर विजयी भए । उपमेयरमा नेपाली कांग्रेसकी निरु पोखरेल ४७५८ मतसहित विजयी भइन ।

विशेष