राजनीति

एमालेसँगको सम्वन्ध सुध्रिएको छ : प्रचण्ड

एमालेसँगको सम्वन्ध सुध्रिएको छ : प्रचण्ड

कालीकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो चरणमा एमाले सँगको सम्वन्ध सुधार भएको वताएका छन ।

जिल्लाका पिलि, कोटवाड र रास्कोटका आमसभालाई सम्वोधन गर्न आइतवार जिल्ला सदरमुकाम खाँडाचक्र पुगेका पूर्व प्रधानमन्त्री प्रचण्डले वाहिर हल्ला भएजस्तै एमालेसँग पानी बाराबारको अवस्था नरहेको र पछिल्ला अवस्थामा निकटता वढ्दै गएको वताए ।

कालिकोट जिल्ला सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संक्षिप्त कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले सत्ता समिकरण प्रक्रिया स्थायी नभएकाले जोसँग पनि हुन सक्ने र अफू पहिले देखिनै राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहेको धारणा राखे । उनले कर्णाली प्रदेश वनाउनमा आफ्नो पार्टीको ठुलो कसरत रहेको समेत वताए ।

एक अर्को प्रसंगमा नेकपाका महासचिव विप्लव लगाएतका केहीले जनयुद्धको दिउँसै सपना देखिरहेकाले विउँझिएर कुनैदिन ढिलोचाँडो माओवादी केन्द्रमा आउने ठोकुवा गरे ।

विशेष