राजनीति

राप्रपाबाट केन्द्रिय सदस्य जितेकी कोमल वली आज एमालेमा प्रवेश गर्दै

राप्रपाबाट केन्द्रिय सदस्य जितेकी कोमल वली आज एमालेमा प्रवेश गर्दै


दाङ । रेडियो नेपालको जागिर छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीकोे केन्द्रीय सदस्य बनेकी चर्चित गायिका कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडने तयारी गरेकी छिन ।

गृह जिल्लामा आएर उनले राप्रपा छोडने तयारी गरेको ओलीको पारिवारिक स्रोतले बताएको छ । कोमल वली राप्रपा छोडेर एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

सोमबार दाङको घोराहीमा हुने एमालेको बृहत सभामा एमाले अध्यक्ष केपी ओलीले कोमललाई एमालेमा प्रवेश गराउने तयारी भएको एमाले दाङले जनाएको छ । ओलीले एमालेसँग सांसदको ‘बार्गे्िनङ’ गरिरहेको र एमालेले सांसद दिने पक्का भएपछि प्रवेशको समेत तयारी गरेको एमाले स्रोतले बताएको छ ।

राप्रपाले भूमिकाविहीन बनाएको भन्दै पहिले देखिनै ओली पार्टी नेतृत्वसँग रुष्ट हुदै आएकी थिइन् ।

विशेष