राजनीति

टिकट माग्न ठूला नेताका घर चाहार्नेको भिड

टिकट माग्न ठूला नेताका घर चाहार्नेको भिड


काठमाडौं । आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दलका शीर्ष नेताको घरमा भिड लाग्न थालेको छ ।

पार्टीमा टिकटको लागि चर्को प्रतिस्पर्धा देखिएको छ । पार्टीभित्र आन्तरिकरुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट लिनका लागि निर्वाचन क्षेत्रबाट नै सिफारिस भएर आउनुपर्ने प्रावधान छ ।

सिफारिसमा पर्नका लागि पनि उम्मेदवारका आकांक्षी पार्टीका शीर्ष नेताको घरमा अड्डा जमाउन थालेका छन् ।

नेपाल समाचारपत्र

विशेष