विचित्र विश्व

३ दशमलव २ किलोमिटर लामो साडी लगाएर बिहे, बेहुलीलाई १० वर्ष जेल सजाय हुन सक्ने !

३ दशमलव २ किलोमिटर लामो साडी लगाएर बिहे, बेहुलीलाई १० वर्ष जेल सजाय हुन सक्ने !

कोलम्बो । एक बेहुलीले ३.२ किलोमिटर लामो साडी लगाएर विवाह गरेको घटना प्रकाशमा आएसँगै सरोकारवालाहरुले कारवाहीका लागि आवाज उठाउन थालेका छन् ।

श्रीलंकाको केन्डीमा हालै भएको विवाह समारोहमा बेहुलीले ३ किलोमिटर २ सय मिटर लामो साडी लगाएकी थिइन् । यतिलामो साडी लगाउनु नै ‘अपराध’ नभए पनि बेहुलीको साडी सम्हाल्नका लागि दुई सय ५० सयभन्दा बढी छात्रा प्रयोग गरिएको घटनाप्रति भने आपत्ति जनाइएको छ ।

विवाह समारोहका क्रममा बेहुला र बेहुली सडकमा पैदलै हिँडेका थिए । विवाह समारोहमा त्यहाँका मुख्यमन्त्रीसमेत सहभागी भएको बताइएको छ ।  विवाहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विरोध सुरु भएको हो । छात्राहरुलाई कुनै नीजि समारोहमा घण्टौं तैनाथ गर्नु अपराधको श्रेणीमा पर्ने अधिकारकर्मीहरुको तर्क छ ।

श्रीलंकाको राष्ट्रिय बाल संरक्षण प्राधिकरणले घटनाको बारेमा छानविन सुरु गरिएको जनाएको छ । अपराध प्रमाणित भएमा बेहुलीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।

विशेष